ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ।
ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शनका लागि गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकोप्टर पाथीभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो।
हेलिकोप्टर फुरुम्बु र लिङखिमको बीचमा पर्ने गाउँमा सम्पर्कविहीन भएको स्थानीय दशरथ लिम्बूले टेलिफोनमा बताएका छन्।
‘दुर्घटना भएको स्थान यहाँभन्दा १ घण्टा टाढा छ,’ लिम्बूले भने, ‘हेलिकोप्टर जंगलमाथि उडिरहेको थियो, एक्कासि ठूलो आवाज आयो र आगोको मुस्लो देखियो।’
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए। पर्यटनमन्त्रीसहित क्याप्टेन प्रभाकर केसी, आङछिरिङ शेर्पा, हवाई विभागका निर्देशक ध्रुव मोचीमाया, उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव यादव दाहाल र मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे हेलिकोप्टरमा सवार थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार प्रहरीसहित स्थानीयबासी दुर्घटनास्थलतर्फ गइसकेका छन्। दुर्घटनास्थल सदरमुकाम फुङलिङ बजारबाट करिब ३ घन्टाकाे पैदल दूरीमा रहेको लिम्बूले बताएका छन्।