काठमाडौं । सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई साधारण तारेखमा रिहा गरिएको बताए । उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध सकुन्तला अधिकारी (थापा)ले उनीविरुद्ध उजुरी दिएकी थिइन् । होटल किन्ने भन्दै रकम नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।