काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
सुरक्षा स्रोतका अनुसार अर्यालसँगै व्यवसायी सिद्धार्थ थापालाई पनि सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। सिद्धार्थ थापा राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्। अख्तियार निकट स्रोतले दिएको जानकारीअनुसार राहदानी खरिद प्रक्रियासँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हाल उक्त प्रकरणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ। अख्तियारले घटनासम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन।