काठमाडौँ । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ।
साहमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनका म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
साह विरूद्ध ४ लाख ५० हजार ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भएको थियो ।