काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१६ भद्रकालीस्थित एक बङ्गुर फार्ममा कौडा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्।
शनिबार साँझ इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले जुवातास (कौडा) खेलिरहेको सूचनाका आधारमा छापा मार्दै रत्ननगर–१६ निवासी ६० वर्षीय हरी थापा मगरसहित चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ३३ हजार ५ सय रुपैयाँ तथा कौडा १६ थान बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।