काठमाडौं । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न सरुवा भएका प्रहरी निरीक्षक(इन्स्पेक्टर)हरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सरुवा भएका इन्स्पेक्टरलाई उनले उक्त निर्देशन दिएका हुन्।
प्रहरी कर्मचारीहरूले बोली वचन र व्यवहारमा सुधार गरी अनुशासित एवं कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए ।
कार्य क्षेत्रमा देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख आईजीपी कार्कीले नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रहेर निर्वाह गर्नुपर्ने बताए