काठमाडौँ । गैरकानूनी रूपमा महिलालाई विदेश पठाएको आरोपमा ६ जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेहरूमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष (केदारबहादुर) खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साह रहेका छन्। त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का पशुपति राई पनि पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अभियुक्तहरूको साथबाट ३१ लाख ८० हजार रुपैयाँ बरामद गरिएको छ