काठमाडौं ।एसएसपी दिलिप घिमिरेले काठमाडौंको कमाण्ड सम्हालेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापा ९ महिना कार्यकाल पूरा गरेर बिदा भएका छन् ।
थापाका ठाउँमा सरुवा भएर आएका एसएसपी घिमिरेले काठमाडौंको कमाण्ड सम्हालेका हुन् । थापा जेनजी आन्दोलनपछि ५ असोजमा सरुवा भएर काठमाडौ प्रहरी प्रमुखको रुपमा कमाण्ड सम्हाल्न आएका थिए ।
त्यतिबेला काठमाडौंको सुरक्षा अवस्था निकै चुनौतीपूर्ण थियो । जेनजी पक्ष र एमालेका भातृ संगठनलेहरू एक अर्कोविरुद्ध उजुरी हाल्ने, पक्राउ गर्न दबाब दिने काम त्यतिबेला भएको थियो ।
त्यतिबेला सुझबुझपूर्ण निर्णय गरेर अघि बढ्दा कुनै अप्रिय घटना भएको सुरक्षा अधिकारीहरू बताउँछन्
काठमाडौंको कमाण्ड सम्हान आएका नयाँ एसएसपी घिमिरेको काँधमा देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी आएको छ । काठमाडौं सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ ।
