काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ निवासी २८ वर्षीय दिवस भनिने दिप्सन चौधरी रहेका छन्। उनीलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २०७९ साल चैत १९ गते जिल्ला अदालत झापाले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो। तर सजाय भुक्तान नगरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी कारागार पठाएको जनाएको छ।