वीरगञ्ज । लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।
मंगलबार नै पक्राउ परेका उनलाई जिल्ला अदालत पर्साका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको इजलासले दुईवटा कसुरमा ४ लाख १५ हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी जयनारायण यादवले दिएको जानकारी अनुसार सिंहसँग लिखतसम्बन्धी कसुरमा ४ लाख र दुईवटा विवरण लिएर नागरिकता लिएको कसुरमा १५ हजार धरौटी माग गरिएको हो ।
न्यायाधीश रेग्मीको इजलासमा बयान लिने प्रक्रियापछि थुनछेक बहसका क्रममा सिंहलाई धरौटीको राहत मिलेको हो ।