काठमाडौं । सरकारले सशस्त्रको एआईजीमा अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको हो ।