काठमाडौँ । सिरहामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीहरूलाई सिरहा नगरपालिका–१५ बुधौराबाट आइतबार बेलुका पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।