काठमाडौं । नेपाल प्रहरीमा कार्यरत विभिन्न प्राविधिक समूहका १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । सार्वजनिक विवरणअनुसार स्वास्थ्य उप–समूह (चिकित्सक) तर्फका ९ जना प्रहरी निरीक्षक डीएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन्।

त्यसैगरी स्वास्थ्य सेवाअन्तर्गत नर्सिङ उप–समूह र विधिविज्ञान तर्फ १/१ जना इन्स्पेक्टरलाई पनि डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।


त्यसैगरी, इन्जिनियरिङ (सूचना प्रविधि) उप-समूहतर्फ ५ जना इन्स्पेक्टरहरू डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
