पर्सा । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ।
लिखतसम्बन्धी कसुरमा दर्ता भएको मुद्दामा अदालतले मंगलबार उनलाई पक्राउ गर्न अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यालयमा प्राप्त भइसकेको छ।
जिल्ला अदालत स्रोतका अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भए पनि लिखतसम्बन्धी कसुरमा मात्र पक्राउ पुर्जी जारी गरिएको हो। उक्त मुद्दा अनुसूची–२२ अन्तर्गत पर्ने लिखतसम्बन्धी कसुरसँग सम्बन्धित रहेको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार, मेयर सिंहले नक्कली कागजातका आधारमा अर्काको छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता जारी गराएको आरोपसहित जाहेरी परेको हो।
सोही जाहेरीका आधारमा अदालतले पक्राउ अनुमति दिएको स्रोतले जनाएको छ।जाहेरीकर्ता वीरगन्जका स्थानीय लियाकत अली रहेको बताइएको छ।