काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरी कर्मचारीलाई कारबाही सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ ।
हिरासत कक्षमा रहेका सिन्धुली सुनकोसी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।
जसमध्ये एकजनालाई सचेत गराउने, दुईजनालाई ध्यानाकर्षण गराउने, पाँचजनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, एकजनालाई नसिहत र एकजनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ ।