काठमाडौँ। काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न कम्पनीका करिब ६ करोड रुपैयाँ बराबरका २८ हजार ५०० वटा भेप बरामद गरेको हो।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्का रहेका छन्। प्रहरीका अनुसार आरबी कम्प्लेक्सको अण्डरग्राउन्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को भवनमा रहेको भेपमाण्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरी उक्त सामग्री बरामद गरिएको हो। पक्राउ परेका खड्का सो पसलका सञ्चालक भएको प्रहरीले जनाएको छ।