धनगढी । सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सातजना जवान बेहोस भएका छन् ।
शुक्रबार बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातैजनालाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो ।
‘हिट स्ट्रोक’ का कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं पठाइँदैछ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं लगिँएको जनाएको छ ।
कैलालीसहित तराई-मधेशका जिल्लामा अत्यधिक गर्मी छ । तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्ने गरेपछि तराईका जिल्लाको जनजीव नराम्रोसँग प्रभावित भएको छ ।