नयाँ दिल्ली – भारतीय वायुसेनाको लडाकू विमान कश्मिरमा दुर्घटनाग्रस्त भएको छ। लडाकू विमान मिग–२१ कश्मिरको कलान गाउँमा विमान खसेको हो।
दुई जना पाइलट रहेको विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको पुष्टि भारतीय गृहमन्त्रालयले गरेको छ। श्रीनगर विमानस्थलबाट उडान भरेलगतै मिग–२१ दुर्घटनामा परेको थियो।