काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १५ जना इन्स्पेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
बढुवा समितिको बुधबार बसेको निर्णयअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहअन्तर्गत रिक्त रहेको डीएसपी पदमा १५ जनालाई बढुवा सिफारिस गरिएको हो।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) (ग) बमोजिम गरिएको निर्णयअनुसार ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ।


यस्तै सशस्त्र प्रहरीका १३ जना डीएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबारको निर्णयानुसार उनीहरुलाई एसपीमा बढुवा सिफारिस गरिएको हो ।

