काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रबाट भारी परिमाणमा लागुऔषध र हतियारसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
श्रोतका अनुसार बौद्धबाट प्रहरीले करिब १३ किलोग्राम लागुऔषध ‘पोल्याण्ड’सहित हतियार बरामद गरेको हो। पक्राउ परेकाहरुको संख्या भने खुलाइएको छैन।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बौद्ध क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ।
यसबारे थप बिवरण आउन बाँकी छ।