पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का नेता जोडिएका छन् ।
कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतमार्फत् पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी गरिएकामध्ये एकजना रास्वपा नेता रेग्मी पनि परेका हुन् ।
पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी फरार भएका छन् । उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटक–पटक ताकेता गर्दा पनि अटेर गर्नेहरूमाथि प्रहरीले अनुसन्धान बढाएको छ। कास्की प्रहरीका एक अधिकृतले पुर्जी जारी भएको पुष्टि गरेका छन् ।
फरार भएका बोधराज रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ मा विजयी प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।