काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीका राजकुमार तामाङ, दाङका प्रकाश केसी, काभ्रेका डिल्लीमान तामाङ, पाँचथरका श्रीहाङ एकतिन र स्याङ्जाकी नमुना भण्डारी रहेका छन्। अनुसन्धान अनुसार उनीहरूले जापान, अमेरिका, दक्षिण कोरिया र मकाउ पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ असुलेका थिए। प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ।