काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्षलाई जबरजस्ती करणी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार उनी उक्त मुद्दाका प्रतिवादी रहेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।