काठमाडौँ । सुनसरीमा ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन्।
बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट प्रहरीले करिब १४८ किलो गाँजा बरामद गर्दै भारत, बिहार राज्य सुपोल जिल्लाको बिरपुरका २१ वर्षीय मो। सदाम र १८ वर्षीय एक किशोरलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले चतराबाट तेह्रआर्डीतर्फ जाँदै गरेको बीआर ०७ पिसी ४७६५ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उनीहरू सवार गाडीबाट उक्त गाँजा फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।