काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा दिउँसै धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कीर्तिपुर–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडी घर भई ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलाली घर भई पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी रहेका छन्।
उनीहरूमाथि गुल्मीको धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको अभियोग छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा साथीहरूबीचको आपसी झगडाका क्रममा घिमिरेमाथि हतियार प्रहार भएको थियो।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल पु¥याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको केही घण्टाभित्रै आरोपीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या