काठमाडौँ । धनुषामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। मिथिला नगरपालिका–७, केमलीपुरका ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन्। आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेको थियो।
त्यही हेर्न गएका बेला चितुवाले उनलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। घाइते विकको अहिले ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। चितुवा भने अझै पनि त्यही तारजालीमा फसेको छ। उद्धारका लागि वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।