काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालाई हिरासतमा राख्ने म्याद थप्न अस्वीकार गरेको छ । बयान सकिएको हुनाले थुनाबाहिरै राखेर अनुसन्धान अगाडि बढाउन भन्दै जिल्ला अदालतले मंगलबार म्याद थप्न अस्वीकार गरेको हो । यो सँगै उनि रिहा भएका छन् ।
धितोपत्रसम्बन्धी कसुरमा सोमबार सर्वोच्च अदालतले धरौटी दिन नसकेमा मात्र हिरासतमा राख्न आदेश गरेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बीमासम्बन्धी कसुरमा म्याद थप्नका लागि गोल्छालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले म्याद दिन अस्वीकार गरेको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।