काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः पक्राउ गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सोमबार उनलाई धरौटीमा छाड्न आदेश दिए पनि राति उनी पक्राउ परेका हुन् ।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले उनीविरुद्ध दुई फरकफरक मुद्दामा अनुसन्धान भइरहेकाले नियन्त्रणमै राखिएको बताए ।