काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन्। गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको थियो । गत १८ वैशाखमा तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् ।
