काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । १८ वैशाख ९शुक्रबार मध्यराति १२ बजे० बाट सशस्त्र प्रहरी महानिरीक्षकको चार बर्से पदावधि पूरा गरी राजु अर्याल अनिवार्य अवकाशमा गइसकेका छन्
अर्याल शुक्रबार मध्यराति नै अवकाशमा गएपछि सशस्त्र प्रहरी बलको नेतृत्व बहन गर्नका लागि गत सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई महानिरीक्षकमा बढुवा नियुक्त गर्ने निर्णय गरिसकेको छ । शनिबारदेखि नै आईजीपी पद रिक्त भएपनि शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले पौडेलले सोमबार मात्रै महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाउन लागेका हुन् ।
सोमबार बिहान पौने ९ बजे दर्ज्यानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको गृह मन्त्रालयको तयारी छ ।