काठमाडौँ। बाँकेको नेपालगन्जबाट लागू औषध ब्राउनसुगरसहित एक जना युवक पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका–३ लालापुर क्षेत्रबाट ब्राउनसुगरजस्तो देखिने ८७० मिलिग्राम पदार्थसहित कोहलपुर नगरपालिकाका १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी चौकी तेलियनपुरबाट खटिएको टोलीले शंकाका आधारमा जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।