काठमाडौँ । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नियुक्त गरेको हो । सशस्त्र आईजीपी राजु अर्याल अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ नेतृत्व चयन गरिएको हो ।
सशस्त्र प्रहरी नियमावलीअनुसार १७ बैशाखदेखि अर्याल अवकाश पाउँदैछन् । नियमावलीमा ३० वर्षे सेवा अवधि व्यवस्था भए पनि आईजीपीको चार वर्षे कार्यकालका कारण उनी २८ वर्षमै अवकाशमा जान लागेका हुन् ।