काठमाडौं । उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी हवलदार विष्णु थापा क्षेत्रीलाई अनुसन्धान भइरहेको अख्तियार कार्यालय जनाएको छ ।
हवलदार थापाले आफूलाई पटक पटक दुख दिने गरेको आरोप सेवाग्राहीहरूले लगाएका छन् । फाइल लुकाइदिने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने गरेको आरोप उनीमाथि छ । उनी विरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र,मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी छ । उनलाई शनिबार साँझ घुससहित पक्राउ गरिएको हो ।
लागू औषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका उनलाई शनिबार सेवाग्राहीले ५० हजार दिए । स्रोतका अनुसार थापाले ३ लाख डिल गरेको बुझिएको छ ।
२०८१ सालको पुस महिनामा सम्पादन गरेका कामलाई मूल्याङ्कन गरेर कास्की प्रहरीले उनलाई उत्कृष्ट प्रहरीका रूपमा वरिष्ठ हवलदार सम्मान गरेको थियो ।