काठमाडौं । सुकुम्वासीका नाममा फाइदा लिने गलत तत्त्वका कारण वास्तविक पीडित मर्कामा परेको प्रहरीले जनाएको छ । शुक्रबार (वैशाख ११)प्रहरी प्रधान कार्यालयले आफ्नो फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै सरकारले वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्न लागेकाले सहयोग गर्न अपिल गरेको छ ।
सूचनामा भनिएको छ, “वास्तविक सुकुम्वासीको नाममा अरू नै टाठाबाठाले फाइदा उठाइरहेका छन् । त्यो कुरा तपाईंहरूलाई पनि थाहा नै छ । अब सरकारले तपाईंहरूको दीर्घकालीन समस्या समाधान गर्ने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्छौं ।”
उपत्यकाका थापाथली, मनोहरा र गौरीगाउँमा अवैध रूपमा बसोबास गरिरहेका सुकुम्बासीलाई सरकारले शनिबार र आइतबार हटाउने घोषणा गरेको छ ।
