झापा । १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ घर भई हाल झापामा रहेका ३० वर्षीय मुक्ति भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बुधबार राति पक्राउ परेका भट्टराईविरुद्ध पीडित पक्षले जबर्जस्ती करणीको उजुरी दिएको थियो। सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।