काठमाडौँ । आफूखुसी गैर हाजिर भएका छ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले बिहिवार एक सूचनामार्फत सम्पर्कविहीन रहेका छ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।
गैर हाजिर भएका प्रहरीहरूको दर्नालसहितका व्यक्तिहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको र अन्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

