काठमाडौँ । ललितपुरमा ‘सम्धी ग्रुप’ नाममा आपराधिक गतिविधि र गुण्डागर्दी गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुर का अनुसार चापागाउँ क्षेत्रमा लामो समयदेखि ‘सम्धी ग्रुपरझ्यालुङ्टार ग्रुप’ नाम प्रयोग गरी आपराधिक गतिविधि गर्दै आएका समूहका सदस्यहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरू रेस्टुरेन्टमा रकम नतिर्ने, गिटी तथा प्राकृतिक स्रोतमा दादागिरी गर्दै अवैध रूपमा हप्ता तथा मासिक रकम असुल्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप छ। साथै प्रहरीको अनुसन्धान तथा नियन्त्रण कार्यमा समेत अवरोध सिर्जना गरेको कारण उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको पहिचान भने हाल सार्वजनिक गरिएको छैन।