काठमाडौं । काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका नगर प्रहरी कर्मचारीहरूका लागि ‘हलुका सवारी चालक उन्नत तालिम’ सुरू भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको औपचारिक उद्घाटन गरिएको हो।
तालिमको उद्घाटन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुप श्रेष्ठले सवारी साधनको प्राविधिक पक्ष र सञ्चालन सीपमा नगर प्रहरीहरूलाई थप अब्बल बनाउन तालिम कोसेढुङ्गा सावित हुने बताए । उनले सहभागीहरूलाई नयाँ प्रविधिका सवारी साधनहरूको बारेमा ज्ञान तथा सीप प्रदान गरी दक्ष एवम् कुशल चालकको रूपमा विकास गर्न तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।
नेपाल प्रहरी प्रधान कार्यालय, सवारी महाशाखामा सञ्चालन गरिने तालिमामा १० जना नगर प्रहरीले तालिम लिने नेपाल प्रहरीले जनाएको छ। जुन तालिम १६ दिनको रहेको जनाएको छ ।
कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिमको पाठ्यक्रम र कार्ययोजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिमका उद्देश्य र सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए ।