काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मंगलवार राति उच्च सुरक्षा अधिकारीसँग छलफलमा व्यस्त देखिएका छन् ।गृहमन्त्री सुधन गुरुङले आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओ ईश्वरराज पौडैललगायतका सुरक्षा अधिकारीसँग मन्त्रालयमा छलफल गरेका हुन्।
गृहमन्त्री गुरूङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग ५ घन्टा लामो छलफल गरेको बुझिएको छ । छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनको अनुहारमा गहिरो मुस्कान थियो ।
छलफलमा सिआइबी प्रमुख डा.मनोज कुमार केसी पनि सहभागी थिए। केही उच्च तहका व्यक्ति पक्राउ गर्ने तयारीसहित बैठक बसेको अनुमान गरिएको छ। व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि राजीनामाको दबाव आइरहेका बेला आफ्नो काममै व्यस्त देखिएका छन् ।