काठमाडौँ । मोरङमा प्रहरीले गोली चलाएर करिब आधा किलो ब्राउन सुगरसहित एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति २१ वर्षीय मोहम्मद आविद मियाँलाई नियन्त्रणमा लिइएको हो।
भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको आशंकामा चेकजाँच गर्न खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको थियो। हवाइ फायरपछि नियन्त्रणमा लिइएका मियाँको साथबाट प्लास्टिकमा प्याक गरिएको करिब ५१३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।