धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले युवाहरू कुलतमा फस्नुनै राष्ट्रकै लागि नै दुःखद पक्ष रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आयोजना तथा सामुदायिक विकास केन्द्र, डोटीको प्राविधिक सहयोगमा लागू–औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाममा सरोकारवाला निकायको भूमिका विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनलेे यस्तो बताएका हुन् ।
प्रहरी संगठनले दिनरात नभनी जनताको सेवामा खटिँदै आएको उल्लेख गर्दै लागूऔषधको बिगबिगी बढ्दै गएकोमा दुःख व्यक्त गरे ।
उनले युवाहरू कुलतमा फसी दुर्व्यसनको सिकार हुनु व्यक्तिगत तथा पारिवारिक मात्र नभई राष्ट्रकै लागि दुःखद पक्ष भएको बताउँदै लागूऔषध नियन्त्रणका लागि सम्पूर्ण सरोकारवाला निकाय, जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक तथा नागरिक समाज एकजुट भई यसको नियन्त्रण र रोकथामका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।
लागू औषध, यसको सेवनवाट पर्ने नकारात्म असर, कानूनी पक्ष सुदूरपश्चिममा लागु औषधको वर्तमान अवस्था, लागु औषध दुर्व्यसन नियन्त्रणमा देखिएका चुनौति र समाधानका बिषयमा चर्चा गरिएको थियोे । कार्यक्रममा विभिन्न व्यक्तिहरू तथा सरोकारवालाहरूको सहभागी रहेको थियोे ।