काठमाडौँ । शैक्षिक परामर्शदाता संस्था ईक्यानको १८औँ कम्युनिटी पिकनिक २०२६ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
ईक्यानले एक विज्ञप्ति जारी गर्दै पिकनिक सफल बनाउन योगदान पुर्याउने सदस्य, सहयोगी, प्रायोजक तथा अतिथिप्रति आभार व्यक्त गरेको छ। संस्थाका अनुसार कार्यक्रमले सदस्यहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुगेको छ । कार्यक्रमको व्यवस्थापन ईक्यानको ईसीए विभागले विवेक बस्नेतको नेतृत्वमा गरेको थियो। संस्थाले समन्वय र व्यवस्थापनलाई प्रभावकारी बनाएको भन्दै उक्त टोलीको प्रशंसा गरेको छ। पिकनिक मुलपानीस्थित ग्रान्ड नोरलिङ होटल एण्ड रिसोर्टमा आयोजना गरिएको थियो, जहाँको वातावरण र आतिथ्यताले कार्यक्रमलाई थप आकर्षक बनाएको जनाइएको छ। ईक्यानले यस्ता गतिविधिले संस्थाभित्र एकता, सहकार्य र पेशागत सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।