कञ्चनपुर । कञ्चनपुरमा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन्। लालझाडी गाउँपालिका–४ का ३२ वर्षीय राज कुमार रानालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो।
पक्राउ परेका रानामाथि कानुन बमोजिम आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।