काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलबीच भेटवार्ता भएको छ ।
सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा र नेपाल प्रहरी बीचको सम्बन्ध थप बलियो बनाउने विषयमा केन्द्रित रही भेटघाट भएको महानगरले जनाएको छ । डंगोलले महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथ पनि खोजेकी छन् ।
महानिरीक्षक कार्कीले महानगरपालिकाका लागि आवश्यक सुरक्षा सहयोगको प्रतिवद्धता जनाए ।
छलफलमा लागुऔषधको दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रिबस र बिहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो ।