मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–१ बानडाँडा बस्ने ४० वर्षीय दिनेश माझी रहेका छन्।
माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।
पक्राउ परेका माझीमाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ।