काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुख, शान्ति र समृद्धिको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।
आईजीपी कार्कीले नयाँ वर्षले नेपाली जनताको जीवनमा सुख, शान्ति, समृद्धि तथा सतत् प्रगतिको उज्यालो सम्भावना ल्याओस् भन्ने कामना गरेका छन् । उनले बितेका वर्षका अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनहरूमा अझ सुदृढ संकल्प, सकारात्मक सोच र आपसी सद्भावका साथ अघि बढ्न सबैलाई आग्रह गर्दै नयाँ वर्ष केवल पात्रो परिवर्तन मात्र नभई आशा, ऊर्जा र उत्साहको नयाँ सञ्चार गर्ने प्रेरणादायी अवसर भएको बताएका हुन् ।
आईजीपी कार्कीले नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीबीच एकता, सहकार्य र सकारात्मक सोचको विस्तार गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।