काठमाडौ । ललितपुरको पाटनमा दाजुभाइको हत्यामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने प्रहरीलाई पुस्कृत गरिएको छ ।
बुधबार राति ललितपुरको कृष्ण मन्दिरमा सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी जवान शाहाना बोहराले पुस्कृत गरिएको हो ।
उनले अत्यन्त साहसिक काम गरेकाले उनलाई नगदसति सम्मान गरिएको हो । त्यस्तै समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीलाई पनि पुस्कृत गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले बोगटीलाई नगदसहित पुस्कृत गरेको हो ।