काठमाडौँ । काठमाडौँ महानगरपालिका(९ भत्केकोपुलबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित सप्तरी घर भएका सन्तोष कुँवर (४२) लाई मंगलबार साँझ पक्राउ गरेको छ। उनको कोठा तलासी गर्दा डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल फेला परेको थियो।
थप अनुसन्धानको क्रममा सोही महानगरपालिका(९ गैरीगाउँस्थित उनका अर्को कोठा तलासी गर्दा नगद ३ लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका गरगहनाहरू बरामद गरिएको छ। त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट डाइजेपाम ६९ एम्पुल, फेनारगन ६६ एम्पुल र बुप्रेनोर्फिन ६५ एम्पुलसहित सुरज गुरूङ ३१ र प्रेम सार्की २३ लाई बुधबार बिहान पक्राउ गरिएको छ। उनीहरू भैरहवाबाट पोखरातर्फ जाँदै गरेको बसमा फेला परेका थिए। भक्तपुर, भक्तपुर–८ लिवालीबाट नियन्त्रित लागूऔषध नोर्फिन ९६ एम्पुल, डाइजेपाम ९८ एम्पुल, फेनारगन ९१ एम्पुल र टेन्टाडोल ५४ ट्याब्लेटसहित राजु कर्मचारी ३७ लाई पनि बुधबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनासँग सम्बन्धित थप अनुसन्धान जारी राखेको जनाएको छ।