काठमाडौँ। हाँस्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’लाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
अमेरिकामा बस्ने एक किशोरीले बलात्कारको आरोप लगाएपछि पक्राउ परेका लम्सालमाथि अनुसन्धान अघि बढाउन उक्त अनुमति दिइएको हो। ती किशोरीले सामाजिक सञ्जाल फेसबुकमार्फत करिब एक वर्षअघि आफूलाई जबरजस्ती करणी गरिएको आरोप लगाएकी छन्। शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई हाल अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।