जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सञ्चालन गरेको स्टिङ अपरेसनका क्रममा दासलाई सप्तरीको भारदहबाट नियन्त्रणमा लिएको हो।
आयोगका सूचना अधिकारी रोशन अर्यालका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
